Wednesday, January 8, 2025
Homeफिचरमेन्छ्याम साकोसले घटायो नाफा र शेयर पूँजी

मेन्छ्याम साकोसले घटायो नाफा र शेयर पूँजी

विराटचोकः मेन्छ्याम बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा शेयर पूँजी र नाफा घटाएको छ । संस्थाको तेस्रो वार्षिक साधारणसभामा सार्वजनिक गरिएको प्रतिवेदनको लेखापरीक्षण प्रतिवेदनमा जनाइएअनुसार अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा सहकारीले १३ लाख ५ हजार ३८ रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा संस्थाको यस्तो नाफा १४ लाख ५ हजार ६८६ रुपैयाँ रहेको थियो ।

प्रतिवेदनमा संस्थाको शेयर पूँजी पनि घटेको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा २ करोड ४ लाख ३५ हजार रुपैयाँ रहेको संस्थाको शेयर पूँजी गत आर्थिक वर्षमा १ करोड ८० लाख ४६ हजार ८०० रुपैयाँ रहेको उल्लेख छ । ११९९ जना शेयर सदस्य रहेकोमा शेयर सदस्य सङ्ख्या घटेर ११४६ मा झरेपछि शेयर पूँजी घटेको देखिन्छ ।

शनिबार सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सहकारीको साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा उत्कृष्ट बचतकर्ता, ज्येष्ठ सदस्य, असल ऋणी, उत्कृष्ट कर्मचारी, बालबचतकर्तालगायतलाई सम्मान गरिएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments