Thursday, January 29, 2026
Homeफिचरलगातार तेस्रो दिन अमेरिकी डलरको विनिमय दरले बनायो नयाँ रेकर्ड

लगातार तेस्रो दिन अमेरिकी डलरको विनिमय दरले बनायो नयाँ रेकर्ड

विराटचोकः आज पनि अमेरिकी डलरको विनिमय दर बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरीद दर १३६ रुपैयाँ ९१ पैसा बिक्री दर १३७ रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । हिजोको भन्दा डलरको भाउ १७ पैसा बढेको हो । हिजो अस्तिको भन्दा ५ पैसा बढेको थियो ।

आज अमेरिकी डलर, स्वीस फ्य्रांक अष्ट्रेलियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिंगेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ ।

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै जाँदा अमेरिकी डलरको विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाइरहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments