तस्बिरः सुरेशचन्द्र दाहाल
विराटचोकः इन्द्रपुर जेसीजको पदस्थापन बुधबार विराटचोकस्थित नेपालिरिका होटलमा सम्पन्न भएको छ । सो पदस्थापन समारोहमा जेसीजका पूर्व अध्यक्षलगायतले स्थापना गरेका ६ वटा अवार्ड प्रदान गरिएको छ । अवार्डका साथमा प्रमाणपत्र र नगद प्रदान गरिएको थियो ।
शिखरबास खबर डट कमका सम्पादक खेमचन्द्र अधिकारीलाई डि. रत्न स्मृति अवार्ड प्रदान गरिएको छ । इन्द्रपुर जेसीज वर्ष २००९ का अध्यक्ष रमेश खड्काले सो अवार्ड स्थापना गर्नुभएको हो ।
इन्द्रपुर जेसीजमा सन् २०२४ का जनसम्पर्क अधिकारीको रुपमा कार्य गरेका दिवस रिजाललाई कृष्णविन्दा आउटस्टेण्डिङ जेसीज अवार्ड प्रदान गरिएको थियो । सन् २००५ का अध्यक्ष शिवप्रसाद ढकाल, सन् २०११ का अध्यक्ष यज्ञप्रसाद ढकाल तथा सन् २०१७ का अध्यक्ष शारदाप्रसाद ढकालले आफ्ना हजुरबुबा तथा हजुरआमाको सम्झनामा संयुक्त रुपमा सो अवार्ड स्थापना गर्नुभएको थियो ।
नारायण कार्कीले स्थापना गर्नुभएको नरदेवी अवार्ड इन्द्रपुर जेसीजको सन् २०२४ की महिला सशक्तिकरण संयोजक बबिता दाहाललाई प्रदान गरिएको छ । इन्द्रपुर जेसीजका सन् २०१२ का अध्यक्ष कार्कीले आफ्ना बुबाआमाको सम्मानमा सो अवार्ड स्थापना गर्नुभएको हो ।
इन्द्रपुर जुनियर जेसीजका आशिष सुन्दासलाई रामप्रसाद साहु स्मृति उत्कृष्ट जुनियर जेसी पुरस्कार प्रदान गरिएको छ । सन् २०१४ का अध्यक्ष रोहितकुमार साहुले पिता रामप्रसाद साहुको स्मृतिमा सो पुरस्कार स्थापना गर्नुभएको हो ।
इन्द्रपुर जेसीजका संस्थापक सदस्य रामकृष्ण खड्काले स्थापना गर्नुभएको मातृका खड्का स्मृति छात्रवृत्ति पुरस्कार अभिषेक विश्वकर्मालाई प्रदान गरिएको थियो । विश्वकर्मा जनता मावि सुन्दरहरैंचा ९ बुधबारेमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ ।
शिवप्रसाद घिमिरे स्मृति अवार्ड सुकुना मावि सुन्दरहरैंचाबाट १२ कक्षा उत्तीर्ण हुँदा ३ दशमलव ७२ ग्रेडसहित सर्वाेत्कृष्ट अङ्क ल्याउने गौरव घिमिरेलाई प्रदान गरिएको थियो । इन्द्रपुर जेसीज वर्ष २०१३ का अध्यक्ष हेमचन्द्र घिमिरेले पिता स्वर्गीय शिवप्रसाद घिमिरेको स्मृतिमा सो अवार्ड स्थापना गर्नुभएको थियो ।







