Friday, December 5, 2025
Homeधर्म र संस्कृतिगाई संरक्षणका लागि जाँतेमा सुरभी महायज्ञ सम्पन्न

गाई संरक्षणका लागि जाँतेमा सुरभी महायज्ञ सम्पन्न

लेटाङः गौ संरक्षणका लागि लेटाङ ९ जाँतेस्थित गणेश मन्दिरमा श्रीमद्भागवत महापुराण तथा धन–धान्याचल सुरभी महायज्ञ सम्पन्न भएको छ ।

महायज्ञको नयाँ वृन्दवन गौशाला सुन्दरहरैँचाका पीठाधस्श दीनबन्धु शास्त्री महाराज र श्रीगोलोक गोवर्धन गौशाला शिवसताक्षीधाम झापाका पिठाधीश नन्दकिशोर भारद्वाजले उद्घाटन गर्नुभएको थियो । महायज्ञमा श्रीगोलोक गोवर्धन गौशाला शिवसताक्षीधाम झापाका आचार्य पण्डित घनश्याम खनालले कथावचन गर्नुभएको थियो भने श्री वैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापिठ लेटाङका गुरु पण्डित सुदीप ढुंगानाले पाठपरायण गर्नु भएको थियो ।

भागवत कथाका साथै गाईको महिमा बारे मानिसहरुलाई जानकारी दिएर गाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिंदै गौशालाको विकास र प्रवर्धनका लागि मोरङमै पहिलो पटक महायज्ञ सञ्चालन गरिएको थियो ।

महायज्ञमा नगद र जिन्सी गरेर अनुमानित २० लाख भन्दा बढीको दान प्राप्त भएको कोषाध्यक्ष मनोरथ घिमिरेले जानकारी दिनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments