विराटचोकः कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान मोरङको अध्यक्षमा रंगेलीका गुरुप्रसाद अधिकारी चयन हुनुभएको छ । यसअघि उहाँ कार्यसमितिको सचिव हुनुहुन्थ्यो । सुन्दरहरैंचामा आज भएको पाँचौँ जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुन्दरहरैंचाका नगेन्द्रप्रसाद अधिकारी चयन हुनुभएको छ । उहाँ यसअघि समितिको उपाध्यक्ष हुनुहुन्थ्यो ।
समितिको उपाध्यक्षमा विराटनगरका माधवप्रसाद अधिकारी, सचिवमा सुन्दरहरैंचाका खेमचन्द्र अधिकारी, सहसचिवमा सुन्दरहरैंचाका लावण्यकुमार अधिकारी, कोषाध्यक्षमा सुन्दरहरैंचाका गुरुप्रसाद अधिकारी चयन हुनुभएको छ ।
सदस्यमा कानेपोखरीका हरिप्रसाद अधिकारी र फणिन्द्र अधिकारी, सुनवर्षीका हरिचन्द्र अधिकारी, रंगेलीका रमेशचन्द्र अधिकारी र होमनाथ अधिकारी, उर्लाबारीका खगेन्द्र अधिकारी, बेलबारीका विद्यापति अधिकारी, निर्मला अधिकारी र टीकादेवी अधिकारी, सुन्दरहरैंचाका कुलप्रसाद अधिकारी, सीतादेवी अधिकारी, ज्योतिखर अधिकारी, यादव अधिकारी र उद्धवप्रसाद अधिकारी, लेटाङका चेतराज अधिकारी तथा पथरीशनिश्चरेका रुद्रप्रसाद अधिकारी र प्रकाश अधिकारी चयन हुनुभएको छ ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा संस्थाका मोरङ अध्यक्ष डिल्लीराम अधिकारीले साङ्गठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
८० वर्षमाथिका ६ जना ज्येष्ठ सदस्य र भारतको मणिपुरका कुलबहादुर अधिकारीलाई सम्मान गरिएको थियो ।