विराटचोकः उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अनुमति दिएर दर्ता भएका कम्पनीहरुमार्फत मात्रै घरजग्गा खरिदविक्री गर्ने कानुन छिटै कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा मन्त्री पौडेलले सरकारले घरजग्गा कारोबारको लागि ऐन बनाए पनि कार्यान्वयनको लागि नियमवाली आवश्यक रहेको जनाउनुभयो । सो नियमावली चाँडै बनाएर ऐन कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको उहाँको भनाइ थियो ।