Monday, December 23, 2024
Homeफिचरसात दिनमा ३ दिन अमेरिकी डलरको भाउले तोड्यो रेकर्ड

सात दिनमा ३ दिन अमेरिकी डलरको भाउले तोड्यो रेकर्ड

विराटचोकः डलरको भाउले आज पनि उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ । आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ९ पैसा र खरिददर १३५ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।

यसअघि मंसिर २६ गते बुधबार १ अमेरिकी डलरको भाउ १३६ रुपैयाँ ७ पैसा रहेर उच्च मूल्यको रेकर्ड बनिएकोमा मंसिर २८ गते शुक्रबार १ पैसा बढेर अमेरिकी डलरको भाउ १३६ रुपैयाँ०८ पैसा पुगेर रेकर्ड कायम भएको थियो । सो रेकर्ड आज तोडिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएकाले अमेरिकी डलरको भाउले उच्च मूल्यको रेकर्ड बनाइरहेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments