Monday, December 23, 2024
Homeफिचरहिजोको रेकर्ड तोड्यो अमेरिकी डलरको विनिमय दरले

हिजोको रेकर्ड तोड्यो अमेरिकी डलरको विनिमय दरले

विराटचोकः हिजो कायम भएको अमेरिकी डलरको उच्च मूल्यको रेकर्ड आज तोडिएको छ । आज अमेरिकी डलरको भाउ ५ पैसा बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर एक सय ३५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ १४ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ९ पैसा थियो।

आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ८० पैसा छ । हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७६ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ, कुवेती दिनार, बहराइन दिनार, युरोसहितका विदेशी मुद्राको मूल्य बढेको छ । अस्ट्रेलियन डलरको भने भाउ घटेको छ । हिजो पनि अस्ट्रेलियन डलरको मूल्य घटेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments