विराटचोकः नेपाल नर्सिङ संघको आज हुने निर्वाचनका लागि देशभर २० मतदान केन्द्र तोकिएका छन् । निर्वाचन समितिका अनुसार यी मतदान केन्द्रमा गएर संघका आजीवन तथा साधारण सदस्यले मतदान गर्न पाउनेछन् ।
प्रादेशिक अस्पताल भद्रपुर, कोशी अस्पताल विराटनगर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जिल्ला अस्पताल धनकुटा, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, प्रादेशिक अस्पताल जनकपुरमा मतदाताले गई मत दिन पाउनेछन् ।
त्यस्तै, वीरगञ्ज नर्सिङ क्याम्पस, भरतपुर अस्पताल चितवन, केन्द्रीय कार्यालय नेपाल नर्सिङ संघ लाजिम्पाट, काठमाडौं, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी अस्पताल बुटवलमा गई आफ्नो मताधिकार प्रयोग गर्न सकिने निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी, जिल्ला अस्पताल पाल्पा, दाङ उपक्षेत्रीय अस्पताल घोराही, भेरी अस्पताल नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, जिल्ला अस्पताल रोल्पा र सेती प्रादेशिक अस्पताल धनगढीमा मतदान दिन पाउने गरी केन्द्र तोकिएको निर्वाचन समितिले जनाएको छ ।