Monday, December 23, 2024
Homeफिचरनेपाल नर्सिङ संघको नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुँदै

नेपाल नर्सिङ संघको नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुँदै

विराटचोकः नेपाल नर्सिङ संघको नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुँदैछ । संघको चुनावमा एमाले–माओवादी तथा कांग्रेस–एकीकृत समाजवादीसमर्थित संगठनले गठबन्धन गरेका छन् ।

देशभर २० मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा मतदाताले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नेपाल नर्सिङ संघका साधारण तथा आजीवन सदस्यहरुले मात्र मत दिन पाउनेछन् ।

निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त नर्सिङ पेशागत प्यानल बनाएर उम्मेदवारी दिएका छन् ।

एमाले–माओवादी गठबन्धनबाट एमालेकी चन्द्रकला शर्मा र कांग्रेस–एकीकृत समाजवादीबाट एकीकृत समाजवादीकी गंगाकुमारी थापा अध्यक्षका उम्मेदवार छन् । एमालेबाट वसन्ती थापाले बागी उम्मेद्वारी दिनुभएको छ ।

महासचिवमा प्रगतिशील प्यानलबाट एमालेनिकट डा. देवकाकुमारी आचार्य र पेशागत प्यानलबाट कांग्रेसनिकट मीनाकुमारी कार्कीको उम्मेदवारी परेको छ । जानकी धामीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा प्रगतिशीलबाट एमाले निकटका रमेश सुब्बा र पेशागतबाट वरिष्ठ उपाध्यक्षमा कांग्रेसनिकट कल्पना श्रेष्ठ जोशी उम्मेद्वार हुनुहुन्छ । उपाध्यक्षमा एमाले–माओवादी गठबन्धनबाट माओवादीनिकट बबिता घिमिरे र कांग्रेस–समाजवादी गठबन्धनबाट कांग्रेसनिकट मनिषा कोइरालाको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा प्रगतिशीलबाट तुलसादेवी अधिकारी र पेशागतबाट रमादेवी पहारी ज्ञवालीको उम्मेदवारी परेको छ । सचिव पदमा प्रगतिशीलबाट बेली पौडेल र पेशागतबाट जया मिश्राको उम्मेदवारी परेको छ ।

सदस्य पदमा प्रगतिशील समूहबाट मेनुका पोख्रेल, हरि कोजु, कला बस्याल, कोपिला विश्वकर्मा, पासपति जयसवाल, सवेनाज बेगम, जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा उम्मेद्वार हुनुहुन्छ ।

पेशागत समूहबाट सदस्यहरुमा सानुकुमारी विष्ट, रुपादेवी थापा, रती पक्वाङ, निशा विक, अञ्जु ठाकुर, जाफ्रे आलम अन्सारी, सफला बुढाथोकी र सीताकुमारी प्याकुरेल उम्मेद्वार हुनुुहुन्छ ।

परिषद् सदस्यमा प्रगतिशीलबाट राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारी तथा पेशागतबाट ज्ञानु महर्जन, मित्रा देवकोटा र सरला केसी उम्मेद्वार हुनुहुन्छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी समर्थक नर्सको प्यानल विजयी भएको थियो । त्यतिबेला प्रगतिशील समूहकी मनकुमारी राई १२ सय मतको फराकिलो अन्तरसहित निर्वाचित हुनुभएको थियो । राईले ३ हजार २७६ मत प्राप्त गर्दा नेपाली कांग्रेस समर्थित प्रजातान्त्रिक समूहकी मुना राना थापाले २ हजार ८५ मत पाउनुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments