Monday, December 23, 2024
Homeफिचरहाम्रो मानव अधिकार हनन हुँदा पनि मानव अधिकारकर्मी बोल्नुपर्याेः मुख्यमन्त्री कार्की

हाम्रो मानव अधिकार हनन हुँदा पनि मानव अधिकारकर्मी बोल्नुपर्याेः मुख्यमन्त्री कार्की

विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य सञ्चालकहरुको मानव अधिकार हनन भएको विषयमा पनि मानव अधिकारकर्मीले आफ्नो धारणा राख्नुपर्ने बताउनुभएको छ ।

७६ औँं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशले विराटनगरमा हिजो आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

‘पहिले सरकारलाई मानव अधिकार उल्लङ्घन गर्ने भनेर चिनिन्थ्यो’, उहाँले भन्नुभयो, ‘त्यो केही हदसम्म सही पनि थियो । तर अहिले परिस्थिति फेरिएको छ । अचेल सरकारमा रहेका हाम्रो र जनप्रतिनिधिको मानव अधिकार हनन हुने गरेको छ । तर त्यसमा मानव अधिकारकर्मीहरु केही बोल्नुहुन्न ।’ मानव अधिकारकर्मीले यसतर्फ पनि ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

‘प्रदेशको नामकरणको विषयमा चित्त नबुझ्नेले हामीमाथि आक्रमण नै गर्नुुहुन्छ’, आफूहरुको मानव अधिकारको हनन कसरी हुन्छ भन्ने बारेमा प्रष्ट्याउँदै उहाँले भन्नुभयो, ‘यसरी हाम्रो मानव अधिकार हनन भइरहेको छ । तर सरकारमा भएको हुनाले हाम्रो मानव अधिकारी हनन भयो भन्दै हिँड्ने कुरा पनि भएन । मानव अधिकारकर्मीले चाहिँ यसतर्फ पनि सोच्नुपर्ने देखिन्छ ।’ कानुनको रक्षा गर्नुपर्दा कसैलाई धरपकड हुन सक्छ तर मानव अधिकार हनन हुने गरी पक्रने काम प्रहरीले पनि नगर्ने हुनाले सबैले यस विषयमा ध्यान दिनुपर्ने उहाँले औँल्याउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments