विराटचोकः मंसिर २८ गते शुक्रबार देशभर नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आज भएको मनोनयन दर्ताअनुसार चार जिल्लामा नेपाल पत्रकार महासंघ अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
महासंघका अनुसार खोटाङ, दोलखा, काभ्रे र दाङ जिल्ला अध्यक्ष सर्वसम्मत निर्वाचित भएका हुन् ।
जसअनुसार खोटाङमा हरिबोल आचार्य, दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र दाङमा सन्तोष सुवेदी निर्विरोध निर्वाचित भएका हुन् ।