विराटचोकः सहकारी ठगी मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको मानव अधिकारको हनन प्रहरीले नै गरेको भन्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ । सो विषयमा प्रहरी प्रमुख (आइजी) वसन्तराज कुँवरलाई सोधपुछका लागि राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइए पनि उहाँ उपस्थित नहुनुभएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएअनुसार लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लैजाने क्रममा मानव अधिकार हनन हुने गरी दुव्र्यवहार गरिएको हुनाले लामिछानेको मानव अधिकारको संरक्षण गरीपाउँ भनी उजुरी परेको थियो ।