विराटचोकः नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रचार विभागले एमालेका अग्रज नेता, कार्यकर्ताको अभिलेखीकरण गर्ने भएको छ । नेकपा एमालेमा लामो समय जीवन बिताएका र अवसर नपाएकाहरुको विषयमा विभागले पुस्तक प्रकाशन गर्ने भएको हो ।
विभागको बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाका अग्रजहरुका विषयमा पुस्तक र भिडियो सामग्री तयार पारिने भएको हो । एउटा जिल्लाबाट कम्तीमा ३ जनाको अभिलेख तयार पारिने बताइएको छ ।