लेटाङः स्थानीय स्काउट कार्यालय लेटाङको आयोजना तथा लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा लेटाङमा पहिलो पटक नगरस्तरीय स्काउट क्याम्प सञ्चालन हुने भएको छ ।
स्थानीय स्काउट परिषद् अध्यक्ष एवम् नगर उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षतामा मंसिर १२ गते बसेको परिषद् बैठकले यही मंसिर २९ र ३० गते स्काउट क्याम्प सञ्चालन गर्ने निर्णय गरेको हो ।
लेटाङ नगरपालिकाभित्र स्काउट इकाई सञ्चालन भएका ५ वटा विद्यालय रहेका छन् । ती विद्यालयका झण्डै २०० जना स्काउटरहरु क्याम्पमा सहभागी हुने बताइएको छ । शान्ति भगवती मा.वि लेटाङ–४ मा १ रात २ दिन सञ्चालन हुने स्काउट क्याम्पमा सहभागी हुने विद्यार्थीहरुले १५ भन्दा बढी स्काउटका क्रियाकलाप साथै विभिन्न प्रतियोगितामा भाग लिने बताइएको छ ।