Monday, December 23, 2024
Homeफिचरआज र भोलि केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज र भोलि केही स्थानमा वर्षा र हिमपातको सम्भावना

विराटचोकः जल तथा मौसम विज्ञान विभागले आज र भोलि केही जिल्लाहरुमा वर्षा र हिमपात हुने अनुमान गरेको छ । पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने विभागले जनाएको हो ।

विभागका अनुसार कतै हुस्सु–कुहिरो र कतै वर्षा–हिमपातको असरले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा असर पर्न सक्नेछ । जाडो पनि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले शुक्रबार नै अनुरोध गरेको थियो । मौसमविदहरुका अनुसार अहिलेको प्रणालीको प्रभावले आज साँझदेखि भोलि रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने छ ।

यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ । सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ । गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने विभागको पूर्वानुमान छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments