विराटचोकः नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको यही मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले २ सय प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखी प्रथम साधारण सभा बोलाएको छ ।
जसअनुसार सो हस्पिटलले ६० करोड रुपैयाँ लाभांश वितरण गर्नेछ । लाभांश पारित गर्न मेडिकल कलेजले पुस ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे पहिलो वार्षिक साधारणसभा राखेको छ । सो साधारण सभाले अस्पतालको स्तर वृद्धिका स्वास्थ्य उपकरणहरु, आवश्यकता अनुसार घरजग्गा समेत खरिदका लागि आवश्यक पर्ने स्रोत जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने जनाइएको छ ।
कम्पनीको व्यवसाय विस्तारका लागि समान उद्देश्य भएको विभिन्न कम्पनी÷अस्पताल÷शिक्षण संस्थाहरु तथा अन्य विभिन्न कम्पनीहरु खरिद गर्न तथा त्यस्ता कम्पनीहरुको शेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार पनि सो साधारणसभाले दिने बताइएको छ ।