Monday, December 23, 2024
Homeपर्यटनसामुदायिक वनको आन्तरिक आम्दानीमा लगाइएको १० प्रतिशत कर हटाउन माग गर्दै ज्ञापनपत्र

सामुदायिक वनको आन्तरिक आम्दानीमा लगाइएको १० प्रतिशत कर हटाउन माग गर्दै ज्ञापनपत्र

लेटाङः सामुदायिक वनको आन्तरिक बिक्री आयमा स्थानीय सरकारले लिँदै आएको १० प्रतिशत कर हटाउन माग गर्दै लेटाङस्थित सामुदायिक वनका प्रतिनिधिले लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सामुदायिक बन उपभोक्ता महासंघकी उपमहासचिव सीता श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष तुलसी सङ्ग्रौला, महासचिव रेनुका दाहाल, सदस्य अग्निप्रसाद पौडेल, मोरङ शाखाका कार्यवाहक अध्यक्ष मदन पोख्रेल, कोषाध्यक्ष इन्दू चौधरी, सदस्य सुभद्रा भट्टराई, नगर अध्यक्ष आनन्दसागर तिम्सिना, सचिव नैनकला ढुंगेल लगायत विभिन्न सामुदायिक वनका पदाधिकारीहरूको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै नगरप्रमुख लावतीले कानुनअनुसार कर लगाइएको र सो करको सम्बन्धमा संघ, प्रदेश र स्थानीय सरकारका ऐनहरूमा बाझिएको हुनाले प्रदेश सरकारलाई पत्राचार गरिए पनि जवाफ आउन बाँकी रहेको बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments