Monday, December 23, 2024
Homeफिचरकांग्रेसबाट माओवादीमा गएका नमोनारायण कांग्रेसले जितेको ग्रामथानमा माओवादीको झण्डा फहराउन सफल

कांग्रेसबाट माओवादीमा गएका नमोनारायण कांग्रेसले जितेको ग्रामथानमा माओवादीको झण्डा फहराउन सफल

तेतरियाः मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी निर्वाचित हुनुभएको छ । हिजो भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका बलराम सरदार थारुलाई १ हजार ६३६ मतान्तरले हराउँदै माझी निर्वाचित हुनुभएको हो ।

कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गरेका माझीले ६ हजार ९६९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थारुले ५ हजार ३ सय ३३ मत ल्याउनुभएको हो । नेकपा एमालेका तुलसीराम विश्वासले ४ हजार १५९ मत ल्याएर तेस्रो हुनुभयो ।

गत स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित हुँदा ७ हजार ६०५ मत ल्याएर विजयी हुनुभएको हो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मत ल्याउनुभएको थियो ।

ग्रामथानमा २६ हजार ४४ मतदाता रहेकामा १८ हजार ५७७ मत खसेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments