विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा सो पार्टीकी रोजिना श्रेष्ठ विजयी हुनुभएको हो ।
गत स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी नभएको हुँदा स्थानीय तहमा रास्वपाको यो नै पहिलो जीत हो । रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत ल्याउनुभएको छ । गत स्थानीय निर्वाचनमा विजयी भएको नेपाली कांग्रेस भने तेस्रो भएको छ । कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत ल्याउनुभएको छ ।
एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत, राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत, स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र स्वतन्त्र उम्मेद्वार सम शाक्यले ३३४ मत ल्याउनुभएको छ ।