Monday, December 23, 2024
Homeफिचरमहिला आवाजको आयोजनामा अभिमुखीकरण र सम्मान कार्यक्रम

महिला आवाजको आयोजनामा अभिमुखीकरण र सम्मान कार्यक्रम

शुक्रबारेः लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत महिला आवाज (भ्वाइस अफ वुमन)को आयोजनामा सुन्दरहरैंचा– ११ स्थित महेन्द्र माध्यमिक विद्यालयमा शनिबार अभिमुखीकरण कार्यक्रम तथा सम्पन्न कार्यक्रम भएको छ । महिला आवाजले अपाङ्गता भएका एक जना व्यक्ति र एक जना एकल महिला सफारी चालकलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद प्रदान गरेको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले नगरले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम तीन चरणमा सम्पन्न गरेको तर अन्य संस्थाले आयोजना गरेको भन्दा विशिष्ट र भव्य कार्यक्रम महिला आवाजले आयोजना गरेको बताउनुभयो ।

कार्यक्रमको मुख्य सहजीकरण समाजसेवी रुद्रबहादुर तामाङले गर्नुभएको थियो । उहाँले अबको १० वर्षपछि हरेक क्षेत्रमा महिलाहरूको ५० प्रतिशत सहभागिता कायम गर्न महिलाहरू आफैं सशक्त रुपमा जाग्नुपर्ने बताउनुभयो ।

सहजकर्ता तथा महिला आवाजकी सदस्य सानु कार्की बस्नेतले संविधानमा उल्लेख गरेका कानुनी मान्यताहरूको विषयमा प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष सीता कडरियाले महिला आवाज सामाजिक तथा घरेलु हिंसाका विरुद्ध लाग्ने अभियान रहेकाले यस अभियानमा सहभागी हुन र साथ दिन सबैलाई अनुरोध गर्नुभयो । बाल हिंसा, अन्तर्जातीय विवाहजस्ता विषयमा सशक्त आवाज उठाए पनि स्थानीय तहबाट भने कुनै सहयोग नपाएको उहाँले बताउनुभयो । १६ दिने अभियानभित्र मात्रै सक्रिय नभई वर्षभर नै कुनै न कुनै रुपमा विद्यालय र विपन्न बस्तीमा जनचेतनामूलक अभियान चलाइरहने र सीपमूलक तालिमहरूको पनि व्यवस्थापन गर्ने उहाँको भनाइ थियो ।

संस्थाकी सचिव कल्पना घिमिरेले महिला आवाजमा अधिवक्तादेखि लिएर विभिन्न पेशामा आबद्ध भएर आफ्नो जीवनयापन आफँै गर्दै आफ्नो खुट्टामा उभिन सक्ने महिलाहरूको सहभागिता रहेको बताउनुभयो ।

संस्थाकी सहसचिव दीपा विश्वकर्माले आफूले चलाउँदै आएको दीपा टेलर्समा आफैँले बनाउनुभएको रबर विद्यार्थीहरूलाई उपहारस्वरूप वितरण गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय युवा तथा भजन कीर्तन समूह र पञ्चेबाजा टोली समेतको सहभागिता रहेको थियो । कार्यक्रममा २ सय जनाभन्दा बढी विद्यार्थी र स्थानीय महिला सहभागी थिए ।

संस्थाकी अध्यक्ष सीता भट्टराई कडरियाको अध्यक्षता र सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।सचिव कल्पना घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, वडा सदस्य विशाल राई, माइती नेपालकी सचिव दीपा अधिकारी, स्थानीय समाजसेवी मोहनलाल श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments