विराटचोकः हालसालै नर्डपासले आफ्नो वार्षिक अनुसन्धानमा ‘टप २०० मोस्ट कमन पासवर्ड’को सूची जारी गरेको छ । यसमा ४४ देशमा सबैभन्दा बढी प्रयोग हुने पासवर्डको सूची दिइएको छ । जसअनुसार ‘१२३४५६’ र ‘१२३४५६७८९’ सबैभन्दा धेरै प्रयोग हुने पासवर्डको क्रमशः पहिलो र दोस्रो सूचीमा छन् । यी पासवर्डहरु खराब पासवर्ड मानिन्छन् । यी पासवर्डहरू प्रयोग गर्ने ३० लाख १८ हजार ५० प्रयोगकर्तामध्ये ७६ हजार ९८१ जना भारतीयहरू छन् ।
नर्डस्टेलर र नर्डपाससँगको साझेदारीमा गरिएको अनुसन्धान अनुसार संसारमा सबैभन्दा सामान्य पासवर्डहरू किबोर्डको शुरुवातका अक्षर हुन्छन् । त्यस्ता पासवर्ड पनि असुरक्षित हुन्छन् ।
इन्टरनेट प्रयोगकर्ताका व्यक्तिगत खाताका लागि औसत १६८ पासवर्ड र कामसँग सम्बन्धित खाताका लागि ८७ पासवर्ड हुन्छन् ।
मानिसहरूलाई धेरै पासवर्डहरू ह्याण्डल गर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा अधिकांश मानिसहरूले सजिलो पासवर्ड वा वाक्यांशहरू प्रयोग गर्छन् । नेदरल्याण्ड, फिनल्याण्ड, क्यानडा र लिथुआनिया जस्ता राष्ट्रहरूमा पनि सामान्य पासवर्डहरू प्रयोग हुन्छन् ।
पासवर्डको लागि ‘पासवर्ड’ नै पनि धेरैले प्रयोग गर्छन् । अष्ट्रेलिया र बेलायतका प्रयोगकर्ताले पनि पीएएसएसडब्लुओआरडी अर्थात् पासवर्ड शब्द पासवर्डको रुपमा प्रयोग गर्ने गरेका र सो पनि असुरक्षित शब्द भएको बताइएको छ ।