विराटचोकः निर्वाचन आयोगका अनुसार मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गरी ८ पदमा ८४ जनाको उम्मेद्वारी परेको छ । यी ८ पदमध्ये ६ पदमा नेपाली कांग्रेस विजयी भएको थियो ।
त्यस्तै गाउँपालिका–नगरपालिकाको वडाध्यक्ष पदमा ३४ पदका लागि ३२२ जनाको उम्मेदवारी परेको छ ।
२०७९ को चुनावमा पाँच दलीय गठबन्ध भए पनि कांग्रेस एक्लै लडेर कीर्तिपुरको मेयर जितेको थियो ।
अध्यक्ष पदमा उपचुनाव हुने मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा पनि ०७९ को स्थानीय चुनावमा कांग्रेसकै उम्मेदवारले जितेका थिए ।
दोलखाको गौरीशंकर गाउँपालिका, जाजरकोटको नलगाड गाउँपालिका र बाजुराको स्वामीकात्र्तिक गाउँपालिकाको उपप्रमुखमा पनि कांग्रेसले नै जितेको थियो ।
निर्वाचन आयोगका अनुसार २०७९ वैशाखको स्थानीय चुनावमा यस्तो थियो अन्तिम मत परिणामः
कीर्तिपुर नगरपालिका मेयर, काठमाडौं
कांग्रेस– राजकुमार नकर्मी (९०४३ मत) विजयी
एमाले– केशरत्न बज्राचार्य (५५०७ मत)
माओवादी– शिवशरण महर्जन (४०९० मत)
एकीकृत समाजवादी– बटुकृष्ण थापा (११५३ मत)
राप्रपा– जीतबहादुर बिष्ट (५७२ मत)
नेमकिपा– श्रीकृष्ण महर्जन (५३२ मत)
ग्रामथान गाउँपालिका अध्यक्ष, मोरङ
कांग्रेस– जयप्रकाश गच्छदार (७६०५ मत) विजयी
एमाले– शिवनारायण माझी (६०९३ मत)
माओवादी– विजयकुमार सरदार (२७२७ मत)
राप्रपा– पखुलाल विश्वास (४४६ मत)
एकीकृत समाजवादी– राकेश चौधरी (१३९ मत)
जनमत पार्टी– पञ्चनारायण चौधरी (९८ मत)
महाबु गाउँपालिका अध्यक्ष, दैलेख
कांग्रेस– लछुमन गुरुङ (२९७९ मत) विजयी
एमाले– हरिप्रसाद उपाध्याय (२५१९ मत)
एकीकृत समाजवादी– जंगबहादुर शाही (२२६८ मत)
नेमकिपा– बमबहादुर सिंह (५८ मत)
स्वतन्त्र– विष्णुकुमार बुढा (२२ मत)
राप्रपा– रजबहादुर सिंह (१५ मत)
गौरीशंकर गाउँपालिका उपाध्यक्ष, दोलखा
कांग्रेस– श्यामसुन्दर तामाङ (४७४१ मत) विजयी
एमाले– मुना सिवाकोटी (३२८१ मत)
राप्रपा– यशोदा पाठक (२४ मत)
पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, रुकुम पूर्व
माओवादी– भुपेन्द्रा बुढा (४०५९ मत) विजयी
कांग्रेस– कमलाकुमारी मल्ल (२०१० मत)
एमाले– धर्म घर्ती बुढा (१८१२ मत)
नलगाड नगरपालिका उपाध्यक्ष, जाजरकोट
कांग्रेस– सरिता सिंह (५४०६ मत) विजयी
एमाले– सुनिता बोहोरा (३३९३ मत)
स्वतन्त्र– सुशीला शाही (९४ मत)
राप्रपा– डम्मरकुमारी बानियाँ (४८ मत)
सर्केगाड गाउँपालिका उपाध्यक्ष, हुम्ला
माओवादी– चन्द्रसिंह कार्की (३२६९ मत) विजयी
एमाले– जुनकुमारी फडेरा (१०६४ मत)
स्वामीकार्तिकखापर गाउँपालिका उपाध्यक्ष, बाजुरा
कांग्रेस– मैना जोशी (१८१० मत) विजयी
एमाले– सुलोचनाकुमारी भण्डारी (१६३७ मत)
माओवादी– सुरेशबहादुर रोकाया (१२१३ मत)