विराटचोकः मंसिर १६ गते हुने उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेले ११ जनाको नाम जिल्लामा सिफारिश गरेको छ ।
एमाले ग्रामथान गाउँपालिकाका अध्यक्ष सत्यनारायण माझीका अनुसार सिफारिस हुनेहरुमा तुलसीराम विश्वास, कृष्णकुमार माझी, एकराज घिमिरे, आशनारायण माझी, तुलसी विश्वास, शिवनारायण माझी, नमनारायण चौधरी, युवराज खनाल, निर्मला अधिकारी, नवीनकुमार मण्डल र ध्रुवकुमार श्रेष्ठ छन् । कार्तिक २३ गतेसम्ममा प्रदेशले टुंगो लगाउने उनले जनाए ।
नेकपा एमालेको जिल्ला समितिको बैठकले भने चार जनाको नाम प्रदेश समितिलाई सिफारिश गरेको जनाइएको छ । जसमा तुलसीराम विश्वास, तुलसी विश्वास, कृष्ण माझी र शिवनारायण माझी छन् ।