विराटचोकः नेपाल भन्नासाथ काठमाडौं र हिमालले मात्रै चिनिँदै आएको नेपालको तराई क्षेत्र पनि घुम्नैपर्ने ठाउँमा परेको चर्चित ट्राभल म्यागेजिन ‘लोनली प्लानेट’ले जनाएको छ ।
एक सिंगे गैडा भएको चितवन राष्ट्रिय निकुञ्ज र भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनी समेत घुम्न लायक क्षेत्र रहेको म्यागेजिनले उल्लेख गरेको छ ।
सो म्यागेजिनले २०२५ को ३० भ्रमण गन्तव्यमा नेपालको तराईलाई छनोट गरेको छ । म्यागेजिनको विशेषज्ञ टोलीले छनोट गरेको विश्वका ३० वटा भ्रमण गर्नै पर्ने सूचीमा नेपालको तराई क्षेत्र पनि परेको हो ।