विराटचोकः शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रति तोला १ लाख ६६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ७० रुपैयाँ निर्धारण भएको छ ।
बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको थियो ।
कात्तिक ७ गते सुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।