Tuesday, December 24, 2024
Homeफिचरआज पुस्तकालय दिवस मनाइँदै, तर छैन चर्चा

आज पुस्तकालय दिवस मनाइँदै, तर छैन चर्चा

विराटचोकः प्रत्येक वर्ष भदौ १५ गते पुस्तकालय दिवस मनाइन्छ । दिवस मनाइने भने पनि खासै कार्यक्रम हुँदैनन् । दिवस नारामा र घोषणामा मात्रै सीमित छ ।

वि.सं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको छ । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

यस वर्षको पुस्तकालय दिवसको नारा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ तय भएको छ । आज उत्कृष्ट पुस्तकालय र पाठकलाई पनि सम्मान गर्ने गरी तयारी भएको छ ।

शिक्षा मन्त्रालयको २०७८\७९ को सर्वेक्षणले देशभर ९ सय २८ वटा सामुदायिक तथा सार्वजनिक पुस्तकालय रहे पनि २ सय २७ वटा पुस्तकालयमात्र राम्रोसँग चलेको नेपाल सामुदायिक पुस्तकालय सङ्घले जनाएको छ ।

२ करोडको लागतमा लेटाङमा पुस्तकालय बन्ने

दारी ग्याङद्वारा सामुदायिक पुस्तकालय सुन्दरहरैंचालाई ३८ थान पुस्तक प्रदान

जिल्लामै पहिलो सामुदायिक पुस्ताकालय धर्मदेवीमा निर्माण हुँदै

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments