Tuesday, December 24, 2024
Homeफिचर२ करोडको लागतमा लेटाङमा पुस्तकालय बन्ने

२ करोडको लागतमा लेटाङमा पुस्तकालय बन्ने

लेटाङः लेटाङमा करिव २ करोडको लागतमा पुस्तकालय भवन बन्ने भएको छ । शान्ति भोलेन्टियर एशोसिएसन एसभीएको आर्थिक सहयोगमा रिड नेपालमार्फत अनुदान सहयोगमा पुस्तकालय भवन बन्न लागेको हो ।

पहिलो वर्ष रिड नेपालको सहयोगमा ३ तले सुविधा सम्पन्न भवन निर्माण हुने र दोश्रो वर्ष करिव ७० लाखको लागतमा विभिन्न शीपमुलक तालिमहरु निःशुल्क प्रदान गरिने भएको हो । शान्ति भगवती मावि परिसरमा निर्माण हुने पुस्तकालय सुविधा सम्पन्न र व्यवसायिक सटरहरुसहितको हुने बताइएको छ ।

पुस्तकालय सञ्चालनको विषयमा ३ दिने सामुदायिक परिचालन तालिम तथा कार्याशाला गोष्ठी पनि सम्पन्न भएको छ ।

 रिड नेपालका साजन थापाले पहिलो वर्षको कार्यक्रम अन्तरगत करिव २ करोडको लागतमा सुविधा सम्पन्न पुस्तकालय भवन निर्मण हुने र अर्काे वर्ष समुदाय लक्षित विभिन्न शीपमुलक तालिम कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments