Tuesday, December 24, 2024
Homeफिचरजिल्लामै पहिलो सामुदायिक पुस्ताकालय धर्मदेवीमा निर्माण हुँदै

जिल्लामै पहिलो सामुदायिक पुस्ताकालय धर्मदेवीमा निर्माण हुँदै

खाँदबारीः सङ्खुवासभा जिल्लामै पहिलो सामुदायिक पुस्तकालय सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा सामुदायिक पुस्ताकालय स्थापना हुने भएको छ । साढे ३ तलाको निर्माण हुनेछ । अहिले पहिलो तला निर्माण भइसकेको छ ।

पालिकाको मुढेशनिश्चरेमा शान्ति भोलेन्टियर एशोसिएसन नेपाल, रिड नेपाल, धर्मदेवी नगरपालिका र द पिपुल अफ जापानको आर्थिक सहयोगमा २ करोड ४७ लाख ७ हजार ७ सय ७८ रुपैयाँको लागतमा धर्मदेवी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र बन्ने भएको हो ।

भवन निर्माण उप–समितिका संयोजक सुरेन बस्नेतका अनुसार सामुदायिक पुस्ताकालय तथा स्रोत केन्द्र मार्फत समुदायमा आधारित व्यवसायिक तथा प्राविधिक सीप विकास गर्न सहज हुनेछ । विभिन्न सीपमूलक तालिम तथा कार्यक्रम गर्न सकिने निर्माण समितिका अध्यक्ष भीम लिंखा बताउनुहुन्छ ।

समुदायका नागरिकहरुलालाई पठन संस्कृतिको विकास गर्ने लक्ष्य सहित पुस्ताकालयको स्थापना गर्न लागिएको धर्मदेवी नगरपालिका वडा नं–३ का वडाध्यक्ष श्यामबहादुर पौडेलले जानकारी दिनुभयो ।

सामुदायिक पुस्ताकालय तथा श्रोत केन्द्र मार्फत समुदायमा आधारित व्यवसायिक तथा प्राविधिक सीप विकास प्रदान गर्ने उद्देश्यले स्थापना गर्न लागिएको धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलले बताउनुभयो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments