Tuesday, December 24, 2024
Homeफिचरपार्टींभित्र सधैँ सफल एमाले उपाध्यक्ष गुरु बराल

पार्टींभित्र सधैँ सफल एमाले उपाध्यक्ष गुरु बराल

विराटचोकः पार्टीभित्र एमाले उपाध्यक्ष गुरु बराल सधैँजसो सफल भइरहनुभयो ।

पार्टी भूमिगत अवस्थामा छँदै २०४४ सालमा नेकपा माले मोरङको सचिवको जिम्मेवारीमा रहनुभएका उहाँ त्यसपछि लगातार पार्टीको कुनै न कुनै जिम्मेवारीमा हुनुुहुन्छ ।

२०४६ सालको जनआन्दोलनपछि बराल पुनः एमाले मोरङको सचिव बन्नुभयो । २०५० सम्म एमाले मोरङको सचिव रहनुभएका उहाँ २०४९ मा सम्पन्न एमालेको पाँचौं महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य बन्नुभएको थियो ।

उहाँ त्यसबेल जिल्लाबाट महाधिवेशन प्रतिनिधि चयन हुँदा सीपी मैनालीको नौलो जनवाद पक्षधर भएर चुनिए पनि महाधिवेशन सम्पन्न भइसक्दा पार्टी महासचिव मदन भण्डारीको बहुदलीय जनवादको प्रखर पक्षधर हुनुभएको थियो ।

२०५४ माघ १२ देखि १८ सम्म नेपालगञ्जमा भएको छैटौं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको उहाँ २०५९ मा भएको सातौं महाधिवेशनमा भने सुनसरीका एमाले नेता भीम आचार्यसँग पराजित भएका कारण केन्द्रीय सदस्य बन्न सक्नुभएन । आचार्य तत्कालीन महासचिव माधवकुमार नेपाल पक्षधर हुनुहुन्थ्यो ।

ओली पक्षका तर्फबाट बराल पछि मनोनित भएर केन्द्रीय सदस्य हुनुभयो । २०६५ मा भएको आठौँ महाधिवेशनमा बरालले केन्द्रीय सदस्यमा जित्दा आचार्य पराजित हुनुभयो । २०७८ मा सम्पन्न दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै स्थायी कमिटी सदस्यमा बराल चुनिनुभयो ।

गत वर्ष भदौ २६ मा उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त रहेको पदमा बराल गत साता मनोनित हुनुभएको हो ।

एक वर्षदेखि रिक्त एमालेको उपाध्यक्ष पदमा गुरु बराल मनोनित

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments