विराटचोकः एनएमबी बैंकको नाफा गत आर्थिक वर्षमा ९ दशमलव ६७ प्रतिशतले घटेर २ अर्ब ३३ करोड रुपैयाँमा झरेको छ । खराब कर्जा २ दशमलव ७५ प्रतिशतबाट बढेर ३ दशमलव २७ प्रतिशत पुगेको छ ।
सञ्चालन नाफा पनि २५ दशमलव ०१ प्रतिशतले घटेर ३ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी पनि १० दशमलव १३ प्रतिशतले घटेर ७ अर्ब ४९ करोड रुपैयाँमा झरेको छ । वितरणयोग्य नाफा २३ करोड ८९ लाख रुपैयाँ रहेको छ ।
१८ अर्ब ३६ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८३ पैसाले घटेर १२ रुपैयाँ ७२ पैसामा झरेको छ ।