विराटचोकः नेकपा एमालेले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनित गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद विगत एक वर्षदेखि खाली थियो । बैठकले सातै प्रदेशमा इन्चार्ज पनि तोकेको छ ।
कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र गण्डकीमा किरण गुरुङ, लुम्बिनीको इन्चार्जमा पद्मा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई प्रदेश इन्चार्ज बनाइएको छ ।