Tuesday, December 24, 2024
Homeफिचर५ प्रतिशतले घटेको बजारमा ८ वटा कम्पनीबाहेक सबै राताम्य

५ प्रतिशतले घटेको बजारमा ८ वटा कम्पनीबाहेक सबै राताम्य

विराटचोकः आज नेप्से सूचक १४५ दशमलव ०५ विन्दुले घटेर २६५१ दशमलव ३२ अडिँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ रुपैयाँको कारोबार भएको छ ।

सबै सूचकमा रातो पोतिएको आज शुरुमा २ पटक नेप्सेले २८०० अङ्क नाघेको थियो । जम्मा ८ वटा कम्पीको शेयर बढ्दा एउटा कम्पनीको १० प्रतिशत र अर्काे एउटा कम्पनीको झण्डै १० प्रतिशत शेयरमूल्य बढेको छ ।

थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत बढेको छ । लक्ष्मी भ्यालु फण्ड २, मेघा म्युचल फण्ड १, रुरु जलविद्युत कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, सगरमाथा जलविद्युत कम्पनीलगायतको शेयरमूल्य बढेको छ ।

नेपाल फाइनान्स, गुर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, एनआरएन एन्फ्रास्ट्रक्चर, शुभम् पावर, हाथवे इन्भेष्टमेन्ट नेपाल र ओरियन्टल होटलको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर २ लाख ७१ हजार ५८७ पटक कारोबार भएको थियो । आज पनि हिमालयन रिइन्स्योरेन्सको उच्च कारोबार भएको छ । सो कम्पनीको मात्रै १ अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब ८ अर्ब ४६ करोड ९५ लाख ४४ हजार १६८ रुपैयाँ कायम भएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments