Tuesday, December 24, 2024
Homeफिचरसोमबार साढे १९ अर्बको शेयर कारोबार हुँदा हालसम्मकै धेरै कित्ता कारोबार, कुमारी...

सोमबार साढे १९ अर्बको शेयर कारोबार हुँदा हालसम्मकै धेरै कित्ता कारोबार, कुमारी बैंकको मात्रै २४ लाख ६३ हजार ६९ कित्ता शेयर कारोबार

खेमचन्द्र अधिकारी
विराटचोकः सोमबार शेयर बजारमा लामो समयपछि १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ रुपैयाँको शेयर कारोबार भयो । जुन कारोबार झण्डै ३ वर्षअघिको हालसम्म कारोबार भएको उच्च रकमको नजिकको अङ्क हो ।

यस अघि २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो । भने २०७८ भदौ ३ गते २० अर्ब ४९ करोडको शेयर किनबेच भएको थियो । त्यस बेला बजार निरन्तर बढिरहेको थियो । अहिले पनि त्यस्तै अवस्था छ । त्यस बेला पनि लचिलो मौद्रिक नीतिले सूचक र कारोबार बढाउन सहयोग गरेको थियो । अहिले पनि त्यस्तै भइरहेको छ ।

सोमबार शेयर बजारमा अहिलेसम्मकै सर्वाधिक कित्ताको कारोबार भयो । सोमबार ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर किनबेच भए । यस अघि ४ करोड ११ लाख कित्तासम्म कारोबार भएको थियो ।

आइतबार बैंकिङ उपसमूहको सूचक नै झण्डै १० प्रतिशत बढेको थियो । स्ट्याण्डर्ड चार्टड बैंकको शेयरभाउ ८ प्रतिशतमात्रै बढेकाले बैंकिङ उपसमूह ९ दशमलव ८९ प्रतिशत मात्रै बढेको थियो । बाँकी सबै बैंकको शेयरमूल्य १० प्रतिशत बढेको थियो । नेपाली शेयर बजारमा सबै बैंकको शेयरमूल्य १० प्रतिशत बढेको यो नै पहिलो पटक भएको बताइएको छ ।

सोमबार नेप्से परिसूचक २०.४६ अंक घटेर २६६१.०९ विन्दुमा झरेको छ । जम्मा ३२५ कम्पीको २ लाख २२ हजार ६६० पटकको कारोबारमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ रुपैयाँको ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयर किनबेच भए ।

बजार घटे पनि नेपाल फाइनान्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ७७ प्रतिशत बढ्दा मन्दाकिनी हाइड्रोपावर र बाराही हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने जानकी फाइनान्स र गणपति लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा धेरै ८.३५ प्रतिशत घटेको छ । बोटलर्स नेपाल बालाजुको शेयर मूल्य ८ प्रतिशत, अभियान लघुवित्तको शेयरमूल्य ६ दशमलव ८८ प्रतिशत र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ दशमलव ७२ प्रतिशत घटेको छ ।

शिवम् सिमेन्ट्सको सर्वाधिक ६१ करोड १२ लाख ८६ हजार ६८३ रुपैयाँको कारोबार भएको छ । कुमारी बैंकको ५५ करोड २२ लाख ७६ हजार ९० रुपैयाँको शेयर किनबेच भएको छ । कुमारी बैंकको २४ लाख ६३ हजार ०६९ कित्ता शेयर ८ हजार ३१५ पटकको कारोबारमा किनबेच भएको छ ।

वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक ०.८१ प्रतिशत बढेको छ । बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार उपसमूहको परिसूचक ४ दशमलव ५४ प्रतिशत घटेको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब २२ अर्ब ३८ करोड ६६ लाख ७२ हजार ११५ रुपैयाँ कायम भएको छ ।

सोमबार एक घण्टामै ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
सम्बन्धित समाचारः

१ घण्टामा ६ अर्बभन्दा बढीको शेयर कारोबार

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments