Tuesday, December 24, 2024
Homeफिचर१ घण्टामा ६ अर्बभन्दा बढीको शेयर कारोबार

१ घण्टामा ६ अर्बभन्दा बढीको शेयर कारोबार

विराटचोकः आज नेपाल स्टक एक्सचेन्जमार्फत् १ घण्टामै ६ अर्बभन्दा बढीको कारोबार भएको छ । १२ बजेर २ मिनेट जाँदा सम्ममा ६ अर्ब २८ करोड ९१ लाख ६० हजार १७३ रुपैयाँको शेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कुमारी बैंकको मात्रै ३२ करोड रुपैयाँको कारोबार भएको छ ।

धेरै कारोबार गर्ने अन्य कम्पनीमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, प्रभु बैंक, शिवम् सिमेण्ट्स, ग्लोबल आईएमई बैंक, चिलिमे हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक, सानिमा माइ हाइड्रोपावर र प्राइम कमर्सियल बैंक रहेका छन् ।

उतारचढावका बीच १ घण्टामा नेप्से सूचक ३१ अंक बढेर २७१३ को बिन्दुमा पुगेको छ । बजार खुलेदेखि ह्वात्तै बढेको नेप्से सूचक २ मिनेटपछि घट्न थालेको थियो । ११ बजेर २ मिनेट जाँदा ५५ अंक बढेर २७३७ सम्म पुगेको सूचक त्यसपछि ह्वात्तै घट्दा २६६८ सम्म झरेको थियो । जुन हिजोको भन्दा १४ अंक कम हो । यसरी ९ मिनेटमै बजारमा ७० अंकको तलमाथि भइसकेको थियो । सोही बेला अत्यधिक कारोबार भएको थियो । त्यसपछि बिस्तारै सम्हालिँदै बजार उकालो लागिरहेको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments