विराटचोकः आज विश्वभरका अधिकांश कम्प्युटरमा प्राविधिक समस्या आउँदा धेरै क्षेत्र प्रभावित भएको बताइएको छ । क्राउडस्ट्राइक एन्टिमालवेयर सफ्टवेयर अपडेट हुँदा कम्प्युटर नै नचलेको बताइएको छ ।
कम्प्युटर प्रयोगकर्ताले कम्प्युटर खोलेपछि (अन गरेपछि) स्क्रिनमा नीलो मात्रै देखिने समस्या विश्वभरका कम्प्युटरमा देखिएको बताइएको छ ।
क्राउडस्ट्राइक फाल्कन अपडेटका कारण सो समस्या भएको र अहिले समस्या समाधान भइसकेको बताइएको छ । कम्प्युटरमा आएको समस्याकै कारण विश्वका प्रमुख बैंकहरू, शेयर बजार, सञ्चारमाध्यमहरू र एयरलाइन्सहरू लगायतको सेवा अवरूद्ध भएको थियो ।
विन्डोज १० र ११ सिस्टममा सञ्चालित कम्प्युटरहरूमा यस्तो समस्या देखिएको बताइएको छ । नेपालका पनि केही वित्तीय संस्थाहरूको सेवा सो समस्याका कारण अवरुद्ध भएको बताइएको छ ।