संखुवासभाः नयाँ आर्थिक वर्षसँगै धर्मदेवी नगरपालिका वडा नं. ५ ले नवनिर्मित भवनबाट सेवा दिन थालेको छ । साउन १ गतेदेखि लाफा चोक मगरगाउँमा रहेको नयाँ भवनबाट सेवा शुरु गरिएको वडाध्यक्ष रामबहादुर मगरले बताउनुभयो ।
नवनिर्मित भवनमा वडाध्यक्ष कार्यकक्ष, प्रशासन लगायतका शाखाहरु सञ्चालनका लागि आवश्यक कोठा रहेकाले कामकाज सहज हुने भएको छ । भवन निर्माणका लागि चेतबहादुर राना मगर, श्यामु राना मगर र मानवीर राना मगरले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो ।
३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको सोे भवनमा ४ वटा कोठा, शौचालय र बाथरूम रहेका छन् ।
वडा नं. ४ र ५ ले संयुक्त रूपमा यसअघि याख्खाचोकस्थित वडा नं. ४ को कार्यालयबाट सेवा प्रवाह गर्दै आएका थिए ।