Tuesday, December 24, 2024
Homeकला र साहित्यसुन्दरहरैंचामा भानु जयन्तीको अवसर पारेर श्रवण मुकारुङका कविता वाचन तथा गीत गायन

सुन्दरहरैंचामा भानु जयन्तीको अवसर पारेर श्रवण मुकारुङका कविता वाचन तथा गीत गायन

तीनपैनीः भानु साझा पुस्तकालय सुन्दरहरैंचा र नझरेका फूलहरुको संयुक्त आयोजनामा कवि तथा गीतकार श्रवण मुकारुङका कविता वाचन गर्ने तथा गीत सुन्ने कार्यक्रम पुस्तकालयको सभाहलमा आज सम्पन्न भएको छ ।

२११ औँ भानुजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा मुकारुङका कविता तथा गीत अन्य सर्जकले वाचन गर्ने तथा गाउने काम गर्नुभएको थियो । सर्जक मुकारुङ आफैँले पनि केही कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा गायक पम्फा चहार र कृष्णराजा श्रेष्ठले मुकारुङका गीत गाउनुभएको थियो । गायक चहारले आफूले पहिले दोहोरी साँझमा गाएका गीत मुकारुङका रचना हुन् भनेर आजमात्रै थाहा पाएको बताउनुभयो । आफूलाई गायन पेशामा स्थापित गराउने गीतका सर्जकसँग भेट्न पाउँदा खुशी लागेको उहाँको भनाइ थियो ।

रामायण वाचन गरेर शुरु भएको कार्यक्रममा सर्जक मुकारुङलाई सम्मान पनि गरिएको थियो ।

पुस्तकालयका साहित्य सचिव गीताप्रसाद श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता पुस्तकालयका अध्यक्ष पुरन राईले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments