विराटचोकः सुन्दरहरैँचा नगरपालिकास्थित सामुदायिक विकास एण्ड सोलुसन प्रालिले नेपालमा पहिलो पटक जैविक विषादीको रुपमा नीम तेलको व्यावसायिक उत्पादन शुरु गरेको छ ।
किसानहरुले रोग तथा कीराको नियन्त्रणका लागि कडा विषादीको प्रयोग गरिरहे पनि नियन्त्रणको सट्टा वृद्धि हुँदै गएकाले जैविक विषादीको रुपमा नीमको तेलको उत्पादन शुरु गरिएको बताइएको छ । विषादीका कारण माटोको गुणस्तर बिग्रनुका साथै मानव स्वास्थ्यमा समेत असर देखिन थालेकाले त्यसलाई न्यूनीकरण गर्न पनि नीमको तेल सहायक हुने बताइएको छ ।
उद्योगका सञ्चालक बाबुराम निरौलाका अनुसार प्रयोगशालामा परीक्षण गरेपछि सो तेलको व्यावसायिक उत्पादन शुरु हुनेछ ।