Monday, December 23, 2024
Homeफिचरकिङ्सासा दुबइ र मेदान प्रदूषित शहर, काठमाडौं सन्तान्ब्बेऔँ स्थानमा

किङ्सासा दुबइ र मेदान प्रदूषित शहर, काठमाडौं सन्तान्ब्बेऔँ स्थानमा

गोठगाउँः विश्वको वायु प्रदूषण गुणस्तर सूचक आइक्युएअर डट कमका अनुसार आज बिहानको सूचकअनुसार डेमोक्रेटिक रिपब्लिकको किङ्सासा, युनाइटेड अरब इमिरेट्स (दुबई) र इण्डोनेसियाको मेदान प्रदूषित शहरका रुपमा रहेका छन् ।

प्रदूषित शहरको सूचीमा पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका यी शहरको वायुको गुणस्तर क्रमशः १९३, १७६ र १६० रहेको छ । १५० भन्दा माथि यस्तो सूचक रहनु वायु स्वच्छताको दृष्टिले खराब रहेको जनाउँछ ।

आइक्युएअर डट कमका अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) अहिले बिहान ६ बजेको यो सूचकअनुसार चौथो स्थानमा रहेको भारतको दिल्लीको यो सूचक १५०, पाँचौँ स्थानमा रहेको पाकिस्तानको लाहोरको सूचक १४४ रहेको छ ।

मनसुन भित्रिएपछि नेपालको एक्युआइ सूचकमा भने निरन्तर सुधार देखिएको छ । कुनै बेला विश्वको सबैभन्दा प्रदूषित शहरको रुपमा काठमाडौं रहँदा काठमाडौंको एक्युआई सूचक २०० भन्दा माथि पुगेको थियो । आज बिहान ६ बजे काठमाडौंको एक्युआई सूचक ३१ रहेको छ । प्रदूषित शहरको सूचीमा नेपाल ९७ औँ स्थानमा रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक्युआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्युआई सम्मलाई सामान्य मानिन्छ ।
यो इण्डेक्स दिनभर एउटै रहँदैन । प्रत्येक मिनेटमा तलमाथि भइरहन्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments