काठमाडौंंः सरकारले आयोजनाको ठेक्का लिएर समयमै सम्पन्न नगर्ने १७ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै १७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । जसमा ५ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ३ निर्माण कम्पनीलाई २ वर्ष, २ वटा निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य ७ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ ।