विराटचोकः आज असार १५ गते । कृषिप्रधान देश नेपालमा आजको दिन रोपाइँ गर्ने र दहीचिउरा खाने दिनका रुपमा प्रख्यात छ ।
कृषिसँग सम्बन्धित विभिन्न सहकारी तथा संघसंस्थाका साथै पछिल्लो समय विद्यालयहरुले पनि विद्यार्थीलाई धान रोप्न सिकाउने अभ्यास गराउने गरेका छन् । स्थानीय तहका कृषि शाखाले पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाउने गर्छन् ।