Tuesday, December 24, 2024
Homeफिचरकोशीमा पहिलो पटक पूर्व सिकाइ मान्यता विधिबाट सीप परीक्षण गरी २१ जनालाई...

कोशीमा पहिलो पटक पूर्व सिकाइ मान्यता विधिबाट सीप परीक्षण गरी २१ जनालाई प्रमाणपत्र

विराटनगरः कोशी प्रदेशमा पहिलो पटक पूर्व सिकाइ मान्यता विधिबाट सीप सिकेका व्यक्तिहरूलाई सीप परीक्षणको प्रमाणपत्र प्रदान गरिएको छ । सामाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी पूर्व मान्यता सिकाई प्रणाली (आरपिएल) विधिबाट सीप सिकेका व्यक्तिहरूलाई पहिलो र दोस्रो तहको सीप परीक्षणको प्रमाणपत्र उपलब्ध गराएको हो ।

मन्त्रालयका अनुसार पहिलो चरणमा सीप परीक्षण गराएकाहरू मध्ये २१ जनालाई सीप परीक्षणको प्रमाणपत्र प्रदान गरिएको हो । २०७९ वैशाखमा राष्ट्रिय सीप परीक्षण समितिले परम्परागत सीपको आधारमा सीप परीक्षण गराउन आह्वान गरेको थियो । सो अवधिमा ४ सय ७ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये २०८० भदौमा भएको सीप परीक्षणसम्बन्धी परामर्शमा २ सय ५२ जना सहभागी भएका थिए । ती सहभागीमध्ये ९९ जना अनुत्तीर्ण भएका थिए ।

परीक्षामा उत्तीर्णमध्ये २१ जनालाई प्रमाणपत्र दिइएको हो । सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत गोपाल दाहालका अनुसार तह २ को वेल्डरमा ३ जना र तह १ को गार्मेन्ट फेब्रिकेटरका १८ जनालाई प्रमाण पत्र प्रदान गरिएको हो । स्वीस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा सीप परीक्षण कार्यक्रम सञ्चालनमा छ । यो कार्यक्रमले पूर्व मान्यता विधिबाट लिइएका सीपको परीक्षण गरी दक्ष बनाउने प्रयास भएको सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख कृष्ण पोखरेलले बताउनुभयो ।

यो सीपले नेपालमै मात्र हैन वैदेशिक रोजगारीमा जानेहरुको लागि समेत बाटो खोलिदिएको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराई बताउनुहुन्छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव दामोदर फुयल, एनएसटिबीका कार्यक्रम संयोजक गीता लिम्बूलगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments