भोजपुरः भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना बालबालिकालाई विद्यालय पोशाक प्रदान गरेकी छिन् ।
उपप्रमुख शेर्पाले जिल्लाको पश्चिमी भेग गुप्तेश्वरमा रहेको कालिका प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोशाक वितरण गर्नुका साथै त्यहाँका शिक्षकशिक्षिका, विद्यालयको अक्षय कोषका दाता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवीलाई सम्मान गरेकी हुन् ।
बालबालिकालाई नियमित रूपमा विद्यालय जान प्रेरित गर्न पोशाक वितरण तथा विद्यालयको श्रीवृद्धिमा योगदान गरेकाहरूको कदरस्वरुप सम्मान गरेको उनले बताइन् ।