विराटचोकः जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले प्राविधिक धारका विषय अध्यापन गराउनेतर्फ सुकुना बहुमुखी क्याम्पसले सोच्नुपर्ने बताएका छन् ।
क्याम्पस परिषद्को १७ आँै बैठकको उद्घाटन सत्रलाई विशिष्ट अतिथिको आसनबाट सम्बोधन गर्दै राईले आयमूलक र रोजगारमूलक शिक्षामा जोड नदिएमा शैक्षिक संस्थाको गरिमा खस्कने बताए । नीति निर्माणको तहमा बसेकाहरुले नीति बनाउन र बनेका नीतिमा फेरबदल गर्न सक्नुपर्नेमा त्यसो गर्न नसक्दा शिक्षाको स्तर खस्कँदै गएको उल्लेख गरे ।