Tuesday, December 24, 2024
Homeफिचरसामुदायिक वन योजना तर्जुमा गोष्ठी

सामुदायिक वन योजना तर्जुमा गोष्ठी

विराटचोकः बुधबार डिभिजन वन कार्यालय मोरङको आयोजना तथा सव डिभिजन कार्यालय सलकपुरको संयोजनमा सुन्दरहरैँचा १० स्थित सुकुना सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सब डिभिजनस्तरीय सामुदायिक वनको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८१\८२ को कार्यक्रम योजना तर्जुमा गर्न वन समूहलाई सजिलो होस् भन्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताइएको छ । गोष्ठीमा सव डिभिजन सलकपुरको कार्यक्षेत्र भित्र पर्ने ७ वटा सामुदायिक वन र एउटा साझेदारी वनका अध्यक्ष, कर्मचारी, तथा पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

प्रमुख अतिथि सव डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गोपाल दाहालले अन्तर सामुदायिक वनबीचको छलफलबाट आगामी आर्थिक वर्षका लागि नयाँ र उदाहरणीय कार्यक्रम ल्याउन गोष्ठीले सजिलो हुने बताउनुभयो । संस्थाको आम्दानीको आधारमा कार्यक्रम बनाउनुपर्ने बताउँदै २५ प्रतिशत वन संरक्षणमा खर्च गर्नुपर्ने कानुनी आधार भएको र गरिबी निरूपण, स्वरोजगार क्षेत्रमा समेत कार्यक्रम बनाउन उहाँले सुझाव दिनुभयो ।

वन ऐन, नियमावली अनुसार समयमै आफ्ना योजना र कार्यक्रम ल्याउनुपर्ने बताउँदै डढेलो, वन्यजन्तु संरक्षण जस्ता क्षेत्रमा समेत काम गर्नुपर्ने उहाँको भनाइ थियो । वन्यजन्तुलाई रोक्न वनमा फलफूलका बिरुवा रोप्न सबैले कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रम सुकुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसी रिमालको अध्यक्षतामा भएको थियो । कार्यक्रम सञ्चालन रेन्जर विजय प्रजाले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments