राजविराजः सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपैयाँ पुरस्कार दिने नीति लिएको छ ।
बाल विवाह अन्त्यका लागि अभियानलाई जिल्लाभर लैजान यस्तो नीति लिइएको नगरले जनाएको छ ।
स्नातक तह उत्तीर्ण गर्ने सबै छात्रालाई २० हजार उपलब्ध गराउने नीति पनि नगरले लिएको छ ।