विराटचोकः नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ५० भन्दा धेरै कम्पनी घाटामा देखिएका छन् । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ५३ कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक छ ।
उपकार लघुवित्तको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै ऋणात्मक छ । पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार उपकार लघुवित्तको प्रतिशेयर आम्दानी १२७ रुपैयाँ १६ पैसाले ऋणात्मक छ । दोस्रो बजारमा उसको शेयरमूल्य १ हजार १११ रुपैयाँ रहेको छ ।
उता, सामुदायिक लघुवित्तको प्रतिशेयर आम्दानी ८१ रुपैयाँले ऋणात्मक छ भने धौलागिरी लघुवित्तको ६३ रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको ५७ रुपैयाँ र स्वाभिमान लघुवित्तको ५४ रुपैयाँले ऋणात्मक छ । अन्य कम्पनीको भने ५० रुपैयाँभन्दा कमले ऋणात्मक छ ।
पहिलो त्रैमासमा २८ कम्पनी मात्रै घाटामा देखिएका थिए । तर चालु आर्थिक वर्षमा भने झण्डै दोब्बर कम्पनी घाटामा देखिएका छन् ।