Tuesday, December 24, 2024
Homeसमाचारलुमन्तीले गर्याे गत आर्थिक वर्षको लेखाजोखा

लुमन्तीले गर्याे गत आर्थिक वर्षको लेखाजोखा

विराटचोकः विपन्न वर्गको आवास तथा बस्ती व्यवस्थापनमा काम गर्दै आएको आवासका लागि सहयोग समूह (लुमन्ती) द्वारा सञ्चालित समुदायको अगुवाइमा सामाजिक तथा आर्थिक रुपान्तरणका लागि सामुदायिक सबलीकरण कार्यक्रमको सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार सुन्दरहरैंचा नगरपालिकाको हलमा भएको कार्यक्रमका वक्ताहरुले लुमन्तीले विपन्न वर्गको हितका लागि गरेको कामको सह्राना गर्दै केही वर्ष सुन्दरहरैंचामा नै आफ्ना क्रियाकलाप गरिराख्न अनुरोध गरेका थिए ।

लुमन्तीले आवास निर्माणका लागि दिने अनुदानमा नगरपालिकाले दिने अनुदानको रकम बढाउनुपर्ने अधिकांशको माग थियो । आवास निर्माणमा मात्र नभई उनीहरुको जीवनशैली परिवर्तन गराउने र आयआर्जन बढाउने खालका कामहरु गर्नुपर्ने वक्ताहरुको भनाइ थियो ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरु, केदारप्रसाद गुरागाईँ खेम न्यौपाने, भुवनसिंह मगर, गणेशप्रसाद गुरागाई, सञ्चारकर्मी खेमचन्द्र अधिकारीलगायतले आफ्नो भनाइ राखेका थिए ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले चालु आर्थिक वर्षमा रकम थप्ने सम्भावना नभए पनि आगामी आर्थिक वर्षमा भने नगरपालिकाले रकम थप्ने बताए । हाल लुमन्तीले १ लाख ४० हजार रुपैयाँ र सुन्दरहरैंचा नगरपालिकाले ५० हजार रुपैयाँ अनुदान आवास निर्माणका लागि दिने गरेका छन् । सो रकममा अन्य रकम थपेर सेवाग्राहीले आवास निर्माण गर्ने गरेका छन् ।

लेखाजोखा कार्यक्रमपूर्व वडा नम्बर १२ स्थित युनिक टोलमा निर्माण भएको ४९ औँ नम्बरको घर लाभग्राही परिवारलाई हस्तान्तरण गरेर गत वर्ष निर्माण भएका आवास हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

टोलीले बिहीबार बिहान वडा नम्बर १२ युनिक टोल र सुन्दरहरैंचा ७ पराजुली टोलमा निर्माण भएका घरको अनुगमन पनि गरेको थियो ।

आगामी २ आर्थिक वर्षमा ५० वटाका दरले १०० वटा आवास निर्माण गर्ने लक्ष्य लुमन्तीले लिएको फिल्ड संयोजक लक्ष्मी राईले जानकारी दिइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments