विराटचोकः सुकुना बहुमुखी क्याम्पस परिषद्को १७ औँ बैठक क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । बैठकको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा उपस्थित भएकी शिक्षा, स्वास्थ्य तथा प्रविधि राज्यमन्त्री सो क्याम्पसमा अध्ययन गरेकी पूर्व विद्यार्थी हुन् ।
बजारमा अत्यधिक माग रहेका प्राविधिक विषयका कक्षा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन् । त्यसका लागि आफूले सकेसम्म पहल र सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् । आफू जहाँ भए पनि सुकुनाकै साथमा आफू रहने उनको भनाइ थियो ।
आफू जहाँ जाँदा पनि आफू अध्ययनरत क्याम्पसको बारेमा सुनाउने गरेको उनले उल्लेख गरिन् । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोगका गोष्ठी, भेला र बैठकमा सहभागी हुँदा सुकुना क्याम्पसको योगदानको बारेमा सबैलाई बताउने गरेको उनले सुनाइन् ।
अनुसन्धानमूलक र नवप्रवद्र्धनात्मक कार्यक्रम र विषय ल्याउन सबैले सोच्नुपर्नेमा उनले जोड दिइन् ।